काठमाण्डाैं,माघ १ गते । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तिन दिने भारत भ्रमणमा निस्केका छन।
नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन उनी भारतकाे नया दिल्लि प्रस्थान गरेका हुन । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल गर्नेछन ।मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री जयशङ्कर सुब्रमहण्यमले बैठकको सहअध्यक्षता गर्नेछन् । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल भारत गएका छन् ।
नेपाल–भारत सम्बन्धका सबै पक्षमा परराष्ट्रमन्त्रीस्तरमा वर्षेनी विचारविमर्श गर्ने उद्देश्यले २०४३ सालमा संयुक्त आयोग गठन भएको हो । आयोगको बैठक आलोपालो गरी नयाँदिल्ली र काठमाडौँमा हुँदै आएको छ ।