दुइ दिनमा वर्षा र वाढीले ४६ जनाकाे मृत्यु, ५८ जना वेपत्ता

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,असार २६ गते । दुइ दिन परेकाे पानी र यसले ल्याएकाे बाढीले देशभर ४६ जनाकाे मृत्यु भएकाे छ।माैसम पुर्वानुमान महाशाखाले चार दिनसम्म भीषण बर्षा हुने भनेर गरेकाे अनुमानकाे सुरूकाे दिनमा नै परेकाे बर्षाले यति ठुलाे क्षति भएकाे हाे।दुइ दिनकाे बर्षाले देशकाे ८ जिल्ला प्रभावित भएकाे छ।यसरी बाढी र बर्षाले ५८ जना वेपत्ता भएका छन भने ३९ जना घाइते भएका छन।पहिरोमा परेर लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा, गुल्मी जिल्ला प्रभावित  हुन । बर्षातकाे सुरूकै दिन सन्धुपाल्चाेकमा धनजनको क्षती भएको थियो ।

यस्तै कास्की र जाजरकाेटमा ७-७ जनाकाे मृत्यु भएकाे छ।सवैभन्दा धेरै क्षति पनि यिनै जिल्लामा भएकाे छ।यस्तै म्याग्दीमा ३ जनाकाे मृत्यु भएकाे छ।म्याग्दीकाे वेनीमा रहेकाे पुल समेत पानीले बगाएकाे छ।यसले गर्दा म्याग्दी र मुस्ताङकाे सम्पर्क विच्छेद भएकाे छ।ठाउँ ठाउँमा पहिराे जाने र वाटाे अवरूद्ध भएर उद्धारमा समेत समस्या भएकाे छ।

यसैविच अविरल बर्षा र बाढीले असर गर्न थालेपछि नेताहरूले वक्तब्य निकाल्दै दुख प्रकट गर्न थालेका छन।सत्तारूढ दल नेकपाले नेता तथा पुर्वप्रधानमनत्री झलनाथ खनाले यसमा गहिराे दुख प्रकट गरेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com