देउवालाइ भेटन मधेशी दल अचानक वुढानिलकण्ठ पुगे,चिनिया राजदुतकाे दाैडधुपबाट शशंकित

Globe Nepal
Globe Nepal 5 महिना अगाडी

काठमाण्डाैं,असार २३ गते । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासंग सम्वाद गर्न मधेशी दल जनता समाजवादी अचानक वुढानिलकण्ठ पुगे। मंगलवार विहानै उनीहरू बुढानिलकण्ठ पुगेका थिए। यसरी देउवा निवास पुग्ने नेताहरूमा महन्थ ठाकुर,उपेन्द्र यादव,डा.बाबुराम भटटराइ,अशाेक राइ थिए।यता कांग्रेसका तर्फबाट रामचन्द्र पाैडेल,कृष्णप्रसाद सिटाैला,विमलेन्द्र नीधि थिए।यस भेटमा दुइ दल विचमा सरकारकाे समिक्षा भएकाे छ। दुइ दलकाे विचमा सरकारले भर्खर संसदकाे अधिवेशन विना सल्लाह अन्त्य गरिएकाे विषयमा गम्भीर सल्लाह भएकाे छ।नेपाली कांग्रेसले साेमवार नै केन्द्रिय समितिकाे वैठक बसेर यसकाे विराेध गरेकाे थियाे।जनता समाजवादी दलले पनि यसमा असहमति जनाएकाे छ। कांग्रेस र समाजवादी दलले चिनिया राजदुतकाे पछिल्लाे दाैडधुप प्रति गम्भीर चासाे प्रकट गरेकाे छ।नेकपा भित्रकाे विवाद सतहमा अाएकाे बेलामा चिनिया राजदुत हाेउ यान्छीले नेकपा नेता माधव नेपाल र झलनाथ खनाललाइ भेटेकी थिइन।यस भेटमा उनले नेकपा भित्रकाे एकता कायम राख्न दवाव दिएकी छिन।याे विषयलाइ नेपाली कांग्रेस र जनता समाजवादी पार्टी वैदेशिक हस्तक्षेपकाे रूपमा लिएकाे छ।कांग्रेस उपसभापति विमलेन्द्र नीधिले प्रधानमन्त्री केपी अेालीकाे क्रियाकलाप र अभिब्यक्तिले अर्न्तराष्ट्रिय सम्वन्ध जटिल भएकाे बताएका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com