नयाँ मन्त्रीले सपथ लिए,अर्थमन्त्रीले कामकाे सुरूवात नै ऋण लिएर गरे

Globe Nepal
Globe Nepal 12 दिन अगाडी

काठमाण्डाैं,असाेज २९ गते । मन्त्रीपरिषदका तिन जना नयाँ सदस्यले सपथ तथा पदवहाली गरेका छन।विहिवार उनीहरूले राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिएपछि दिउसाे सिहदरवारमा पुगेर पथवहाली गरेका हुन।अर्थमन्त्री विष्णु पाैडेल,सहरी विकास मन्त्री कृष्णगाेपाल श्रेष्ठ,महिला तथा वालवालिका मन्त्री लिला श्रेष्ठले पद वहाली गरेका हुन।

यसअघि महिला मन्त्रालय सम्हालेका पार्वत गुरूङले भने सञ्चार मन्त्रालयकाे जिम्मेवारी लिएका छन।उनले मन्त्रालयमा पुगेर मन्त्रीलाइ केही थाह छैन भनेर नझुक्याउन सचिवहरूलाइ निर्देशन दिएका छन।कामकाे थालनी गरेकै दिन उनले कर्मचारीलाइ अविश्वास गरेका छन। यसले राजनीतिक नेतृत्वकाे मानसिकता झल्काएकाे छ।

यता,अर्थमन्त्री पाैडेलले भने कामकाे थालनी नै ठुलाे रकम ऋण लिएर गरेका छन।उनले विश्ववैंकसंग २० कराेड ऋण लिने फाइलमा हस्ताक्षर गरेर कामकाे सुरूवात गरेका छन।

डामाडाेल रहेकाे अर्थमन्त्रालय सम्हाल्न पुगेका पाैडेलले पहिलाे काम नै ऋण लिन हस्ताक्षर गरेकाे बाट नै वुझन सकिन्छ राज्यकाे अहिलेकाे अवस्था।

तर यसअघि अर्थमन्त्री भएका डा.युवराज खतिवडाले मन्त्रालय सम्हाले पनि उनले खास सुधार गर्न सकेनन।उनले कामकाे सुरूवात नै श्वेतपत्र जारी गरेर राज्यकाे ढुकुटी रित्ताे भएकाे सन्देश दिएका थिए।उनी मन्त्री रहुन्जेल नेपालमा नेप्से कहिल्यै माथि उठेन।उनले यसलाइ जुवा घर भनेर तेजाेवध गरेका थिए।यस्तै उनले अर्थ संकलनकाे लागि यति धेरै कर संकलन गरे कि विपक्षी दलकाे नेताले प्रधानमन्त्रीलाइ करप्रसाद अेाली भनेर नामै राखेका थिए।

तिनै जना मन्त्री अेाली समुहका कट्टर नेता हुन।उनीहरूलाइ मन्त्री वनाएपछि नेकपा भित्र अन्य समुहहरू भने रूष्ट छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com