काठमाण्डाैं,पुष २४ गते । सुदुरपश्चिमकाे कैलालीमा सभालाइ सम्वाेधन गर्न तामझाम सहित धनगढी पुगेका प्रधानमन्त्री केपी अेालीलाइ नया झमेलाकाे सामना गर्नु परेकेा छ।पार्टी फुटेर हायलकायलल भएका अेाली पार्टीमा पकड कायम राख्न,कार्यकर्तालाइ विचलित हुन नदिन भनेर ढाडस दिन सुदुरपश्चिम पुगेका थिए।तर,शुक्रवार धनगढी पुगेका अेालीलाइ कैलालीवासीले २ बर्ष अघि वलात्कार पछि हत्या गरिएकी सानी वालिका निर्मला पन्तकाे वलात्कारी खै ? भनेर प्रश्न साेधियाे।स्थानीयले यहि कुरा लेखेकाे टिसर्ट लगाएर प्रदर्शन गरे।तर,उनीहरूलाइ जवाफ दिनुकाे सट्टा उल्टै प्रहरी पक्राउ गरि हिरासतमा लिएकाे छ।
धनगढीमा पुगेर कार्यकर्ताकाे मनाेवल वढाउन पुगेका प्रधानमन्त्रीलाइ वालिकाकाे वलात्कारी र हत्यारा पत्ता लगाउन दवाव परेकाे छ।तर,उनी यसप्रति उति सम्वेदनशील भएनन।बरू प्रदर्शनकारीलाइ पक्राउ गरिएकाेछ।
यसपछि नेपाली कांग्रेसका सभापत शेरवहादुर देउवाले वक्तब्य जारी गरेर वलात्कारी खै ? भन्नेलाइ तत्काल रिहा गर्न माग गरेका छन। उनले शान्तिपुर्ण विराेध र प्रदर्शनलाइ हस्तक्षेप गर्नु लाेकतान्त्रिक मुल्य मान्यता विपरित भएकाे वताउदै पक्राउ परेकालाइ तुरून्त रिहा गर्न माग गरेका छन।