नेकपाका सांसदले लगाएकाे काेराेना भाइरस भगाउने जन्तर पार्टीले नै किनेकाे पुष्टि

Globe Nepal
Globe Nepal 3 महिना अगाडी

काठमाण्डाैं,असार १५ गते । नेकपा सांसदले लगाएकाे काेराेना भाइरस भगाउने जन्तर पार्टीले नै किनेकाे पुष्टि भएकाे छ।नेकपाकाे स्थायी समिति वैठक हुदा बरिष्ठ नेता माधव नेपालले बाँडेकाे भनिएकाे निलाे रंगकाे प्याकेट नेकपाले नै किनेकाे थियाे।याे प्याकेट लगाउँदा भाइरसले असर नगर्ने भनिएकाे छ।प्याकेटकाे बाहिरी खाेलमा नै भाइरस रिमुभिङ तथा भाइरस ब्लकर भनिएकाेछ।तर,नेकपाका सांसदले मात्र लगाएकाे याे भाइरस भगाउने प्याकेटलाइ विश्व स्वास्थ्य संगठनले भने मान्यता दिएकाे छैन।संसारकाे कुनैपनि स्वास्थ्य सम्वन्धी संस्थाले मान्यता नदिएकाे जन्तर एकाएक नेकपाकाे सांसदकाे घाँटीमा मात्र कसरी झुण्डियाे ? धेरै नेताहरू याे प्याकेट नेता नेपालले वाँडेकाे बताउछन ।तर हामीलाइ प्राप्त विवरण अनुसार,याे प्याकट स्वयम नेकपाले खरिद गरेकाे हाे।भक्तपुरमा रहेकाे वियाेण्ड द वाल ट्रेडिङमा नेकपाले ३७हजार रूपैयाँमा खरिद गरेकाे देखिन्छ।नेकपाले कुल ६० पिस खरिद गरेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com