नेकपा वैठक सात दिन स्थगीत हुनुका सात कारण,बाढी र बर्षाले प्रधानमन्त्रीलाइ जाेगाउला ?

Globe Nepal
Globe Nepal 28 दिन अगाडी

काठमाण्डाैं,असार २६ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे वैठक पुन सात दिन स्थगीत भएकाे छ।दुइ-दुइ दिन गरि दुइ पटक राेकिइसकेकाे नेकपा वैठक अब सात दिन राेकिए पछि याे वैठककाे महत्व वारेमा बहश हुन थालेकाे छ।नेकपाकाे स्थायी समितिकाे वैठकमा सरकार र पार्टीकाे नेतृत्व दुवैबाट केपी अेालीले राजीनामा दिनुपर्छ भनेर माग गर्न थालेपछि राेकिएकाे नेकपा वैठक पछिल्लाे समय सात दिन राेकिएकाे बारेमा विभिन्न खालका अडकल गर्न थालिएकाे छ।दिउसाे बस्ने भनिएकाे नेकपा वैठक अविरल रूपमा परेकाे बर्षा,बाढी र पहिराेले गर्दा जन धनकाे क्षति हुन थालेपछि उद्धार र राहत संकलनमा केन्द्रित हुन भन्दै स्गगीत गरिएकाे जनाइएकाे छ।वैठक सुरू हुनु भन्दा केही समय अघि मात्र प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठक स्थगीत भएकाे सुचना दिएका थिए।उनले भनेका छन-देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।

तर के साच्चै नेकपा वैठक बाढी र बर्षाकै कारण राेकिएकाे हाे कि याे वहाना मात्र हाे ? मुख्य सवाल याे बनेकाे छ।

नेकपा नेतृत्वले यतिवेला वैठक छल्ने बहाना खाेज्दैछ।अघिल्लाे पटक सरकारकाे वारेमा प्रश्न गरेर राजीनामा माग्दा काेराेना भाइरसकाे प्रकाेप देखा परयाे र सरकार लम्वियाे भने यसपटक बाढी र बर्षा सरकार लम्याउने अस्त्र वन्ने सम्भावना बढेर गएकाे छ।मुलत नेकपा नै विभाजन हुन्छ कि भनेर मानिसहरूले अडकल काटिरहेकाे बेलामा वैठक राेक्नुकाे मुल कारण त्यहाँ भित्रकाे तनाव छल्नु नै हाे । वैठकमा बस्दा अनेक सवाल उठने भएकाेले वैठक भन्दा बाहिर नै सहमतिकाे लागि पहल गर्ने काेशिश देखिन्छ।साथै,प्रधानमन्त्रि अेाली वैठक लम्याएर प्रचण्ड समुहलाइ थकाउने वा गलाउने रणनीतिमा छन । उनी यस्ताे खेलमा माहिर छन।वैठक अवधि र समय लम्विदै जादा पार्टीका सदस्यमा हिजाे रहेकाे असन्ताेष कम हुन जान्छ भने विराेमा उत्रिएकालाइ विभिन्न वहानामा वा प्रलाेभनमा सरकारकाे पक्षमा तान्न पनि सजिलाे हुन्छ।यस्तै,दुवै अध्यक्षले पार्टी विभाजन राेक्न गरिएकाे प्रयत्न अर्काे कारण हाे भने पार्टी नेतृत्वलाइ दवाव दिएर विभाजन राेक्न दवाव दिने र यहि भुमिका मार्फत राजनीतिमा स्पेश बनाउने समुहकाे पनि नेकपामा कमी छैन।याे समुहकाे दवावले पनि काम गरेकाे देखिन्छ।अर्काे महत्वपुर्ण कुरा के पनि छ भने यहि विचमा चिनिया राजदुतले मझाैला तह देखि ठुला नेतालाइ सम्मलाइ भेटेकी छिन।उनले भेटेर एकताकाे लागि दवाव दिएकी छिन।उनकाे याे भेटकाे प्रष्ट सन्देश भनेका पश्चिमा शक्तिलाइ हाे।यी र यस्ता थुप्रै कारण मिसिएर नेकपा वैठक मथ्थर भएकाे छ भने नेकपाकाे एउटा तप्का छिटै छिनाेफानाेकाे पक्षमा छ।तर,लकडाउनकाे अघिल्लाे दिन नै प्रधानमन्त्रीवारेमा छिनाेफानाे गर्ने तहमा पुगेका नेताहरू तिन महिना पछि पुन जागेका छन।यसकारण याे मुद्धा ढिलाे भएपनि निरन्तर उठिरहेकाे छ। यसले के वुझाउँछ भने नेकपा भित्रकाे विवाद विना लेनदेन यतिकै टुंगिने भने देखिएकाे छैन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com