नेपालमा काेराेना संक्रमण र मृत्यु हाल सम्मकै बढी उच्च,सरकारकाे सर्वत्र विराेध

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ५ गते । नेपालीहरू दशैंकाे तयारीमा लागिरहदा वुधवार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित र अहिलेसम्म कै धेरै मानिसकाे मृत्यु भएकाे छ।

काेराेना संक्रमणबाट नेपालमा वुधवार मात्र २६ जनाकाे निधन भएकाे छ । याे अहिलेसम्म कै सवैभन्दा धेरै अंक हाे । याे पछिल्लाे तथ्यांकसंगै काेराेना संक्रमणबाट ७९१ जनाकाे निधन भइसकेकाे छ ।

यसैदिन देशभर कुल ५७४३ जना मानिसहरू काेराेना संक्रमित भएका छन।सरकारले लामाे दुरीका वस देखि विमानसम्म खुल्ला गरेपछि अहिले मानिसहरू निर्वाध रूपमा देशकाे एक भागबाट अर्काे भागमा जान थालेका छन।कतिसम्म भने भारतबाट समेत नेपालीहरू निर्वाध रूपमा देश फर्किरहेका छन। दशैं मनाउन नेपाल फर्कने क्रममा छन भने यसैकारण काेराेना संक्रमण पनि उच्च विन्दुमा पुगेकाे छ।

याे तथ्यांकले अव नेपालमा काेराेना संक्रमण झन उच्च विन्दुमा पुग्ने संकेत गरेकाे छ तर यहि वेलामा सरकारले भने काेराेना संक्रमितकाे कुनै जिम्मेवारी नलिने वताएकाे छ।यसैकारण सरकारकाे सर्वत्र विराेध भइरहेकाे छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com