पत्रकार निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक

Globe Nepal
Globe Nepal 5 महिना अगाडी

लण्डन,अप्रिल १४ । बेलायतस्थित पत्रकार बिपिन निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक नियुक्त भएका छन् । बिगत एक दशकभन्दा बढी समयदेखि  बेलायतमा रहेर पत्रकारितामा संलग्न निरौला नेपाली नयाँ वर्ष २०७७ को आगमनसंगै सोही अनलाइनको प्रधान सम्पादक नियुक्त भएका हुन् । निरौला नेपालबाट प्रकाशित र प्रशारित हुने विभिन्न संचारमाध्यममा बेलायतबाट रिपोर्टिंग  समेत गर्दै आएका छन् ।
नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष निरौला युनियनको सस्थापक संयोजक,नेपाल पत्रकार महसंघ बेलायतको संस्थापक सदस्य र बर्तमान  सल्लाहकार समेत रहेका छन् । नेपाल प्रेस इन्स्च्यिूटबाट पत्रकारिताको तालिम लिएका निरौलाले बेलायतकै लण्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट पत्रकारिता बिषयमा थप अध्ययन गरेका छन् ।
नेदरल्याण्ड फेलोसिप प्रोग्राम अन्तर्गत रेडियो नेदरल्याडबाट पत्रकारिताको तालिम समेत लिएका निरौला रेडियो नेपालको ‘घटना र विचार’, असल शासन लगायतका नेपाली मिडियामा काम गरिसकेका छन् । देशान्तर, घटना र विचार लगायतका प्रिन्ट मिडियामा काम गरिसकेका निरौला हाल एभिन्युज टेलिभिजनका लागि  यूके सम्वाददाताका रुपमा सक्रिय पत्रकारिता गरिरहेका छन् । 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com