काठमाण्डाैं,कार्तिक १८ गते । नेकपा पार्टी एक हुने कि फुटने भनेर विवाद भइरहेकाे वेलामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीले भने मंगलवार गीति एल्वम विमाेचन गरेर समय विताएका छन।पार्टी भित्रकै अन्य नेताहरू प्रधानमन्त्रीले गतिलाे काम गर्न नसकेकाे भनेर विराेधमा उत्रिएकाे र यहि गतिविधि अघि वढदा नेकपा एक रहदैन भनेर स्वयम पार्टी महासचिव विष्णु पाैडेलले नै भनेकाे अवस्थामा अध्यक्ष अेालीले जिल्लावासी तेह्रथुमका प्रेमनाथ अधिकारीकाे गीति एल्वम विमाेचन गरेका छन।उनले वालुवाटारमा नै याे एल्वम विमाेचन गरेका हुन।जनस्तरमा यस प्रकारका सार्वजनिक सभा,समाराेह,विमाेचन नगर्नु भनेर स्वयम सरकारले भनेकाे बेलामा काेराेनाकाे संकट र सन्त्रासकाे विचमा उनले एल्वम विमाेचन गरेका हुन।