काठमाण्डाैं,मंसिर १५ गते । वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
शिव नारायणले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेका थिए । ठगिएकाे उजुरी पीडितहरूले प्रहरीलाइ दिएपछि चाैधरी पक्राउ परेका हुन। यसरी ठगी गर्ने चाैधरी अाइतवार राजधानीकाे सुन्धाराबाट पक्राउ परेका हुन।उनलाइ प्रहरीले अहिले हिरासतमा लिएकाे छ।