फुटवलका जादुगर म्याराडाेनाकाे निधन,अर्जेन्टिनामा तिन दिन शाेक मनाइने,सडकमा उत्रिए जनता

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर ११ गते । गत महिना मात्र दिमागकाे सर्जरी गरेर स्वास्थ्य लाभ गरिरहेका ६० बर्षिय जादुगर खेलाडी डियगाे म्याराडाेनाकाे निधन भएपछि विश्वभर फुटवल प्रेमीले अहिले शाेक मनाइरहेका छन।पेले पछिकाे सर्वाधिक सफल खेलाडी म्याराडाेनाकाे निधन भएकाे खवरले खेलजगत मर्माहत भएकाे छ। फुटवलका महान हस्ती डियगाे म्याराडाेनाकाे निधन भएपछि उनकाे पार्थिव शरिरलाइ अर्जेन्टनाकाे राष्ट्रपति भवन कासा राेसारा ल्याइएकाे छ। तिन दिन सम्म उनकाे पार्थिव शरिरलाइ श्रद्धाञ्जली दिइने भएकाे छ। उनकाे निधनकाे खवर सुनेपछि अर्जेन्टनाकाे सडकमा मानिसहरू उत्रिएका छन।उनकाे मृत्युपछि अब तिनसम्म शाेक मनाउने सरकारले निर्णय गरेकाे छ।

म्याराडाेनाकाे निधनपछि भावुक हुदै महान खेलाडी पेलेले असल मित्र गुमाएकाे वताएका छन।उनले अव स्वर्गमा म्याराडाेनासंग फुटवल खेल्ने भावुक अभिब्यक्ति दिएका छन।

अनेक विवाद र चर्चामा एकसाथ घेरिएका म्याराडाेना तिनै खेलाडी हुन जसले अर्जेन्टनालाइ विश्वकप दिलाएका थिए भने उनले हातले गरेकाे गाेललाइ भगवानकाे गेाल भनेर नामाकरण गरिएकाे थियाे।हाेचा कदका म्याराडाेना फुटवलका जादुगर नै थिए।उनकाे विश्वभर अहिले सम्झना भइरहेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com