बेरोजगारी बीमाका लागि आवेदन कसरी दिने ?
बाल्टिमोरका युवाले बनाए भिडियो ट्युटोरियल

Globe Nepal
Globe Nepal 7 महिना अगाडी

बाल्टिमोर,अमेरिका,अप्रिल २२ । कोरोना संक्रमणका कारण अहिले विश्वभरका जनता प्रभावित छ । अर्थतन्त्र तहसनहस छ र जनताको दैनिक जीवनयापन समेत कठीन हुन पुगेको छ । विश्वको शक्तिशाली मुलुक अमेरिका अहिले यही संक्रमणसंग जुधिरहेको छ । जसलाई जित्न अमेरिकाले हरसम्भव उपाय अवलम्बन गरेको छ भने मुलुकभर आपतकालीन स्थितिको घोषणा गरेर कोरोनाबाट सुरक्षित रहन प्रयास गरिरहेको छ । अत्यावश्यक सेवा बाहेकका व्यापार,व्यवसाय बन्द छ भने जरुरी काम नपरी घरबाट बाहिर ननिस्कन सरकारले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
यस्तो अवस्थामा दैनिक काम गरेर जीविकोपार्जन गर्ने वर्ग नराम्ररी प्रभावित छ । महिना दिनभन्दा बढी समयदेखि घरभित्रै बस्नुपरेको अवस्थामा र आम्दानीको अन्य विकल्प नभएको अहिलेको स्थितिमा सरकारले राहतका लागि विभिन्न प्याकेज ल्याएको छ । यस क्रममा अहिले सरकारले प्रदान गर्ने स्टिमुल्स चेकको रकम प्राप्त भैरहेको छ । जस अनुसार अमेरिकी करदाता मध्ये वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेले एकमुष्ठ एक हजार दुई सय डलर राहत प्राप्त गरेका छन् ।
यसबाहेक कोरोनाका कारण बेरोजगार भएकाहरुका लागि संघीय सरकारले हरेक महिना ६ सय डलर राहत दिनेछ । अहिले अमेरिकामा सबैभन्दा बढी बेरोजगारी दर बढेको छ । बेरोजगार बीमा सुविधा लिनका लागि हालसम्मकै सबैभन्दा बढी आवेदन परेको अवस्था छ । 
 नेपाली समुदायका सदस्यहरु पनि बेरोजगार बनेर घरभित्रै बस्नुपरेको अहिलेको अवस्थामा यस्तो सुविधा लिनका लागि प्रयासरत छन् ।तर सबैलाई सबै विषयका बारे प्रष्ट जानकारी नभएका कारण र केही प्राविधिक कठीनाईका कारण समेत कतिपयले बेरोजगार बीमा सुविधाका लागि आवेदन गर्न सकिरहेका छैनन् । 
यही कठीनाईलाई बुझेर बाल्टिमोरमा रहेका दुई युवाले मेरिल्याण्ड राज्यमा बेरोजगारी बीमा सुविधाका लागि आवेदन दिन सहजीकरण गर्ने उद्देश्यले एक भिडियो ट्युटोरियल बनाएका छन् । साथी बाल्टिमोर नामक समूहका लागि स्थानीय युवाद्वय प्रवीण खड्का र अमृत श्रेष्ठले यस्तो भिडियो ट्युटोरियल बनाएका हुन् । उनीहरुले बनाएको यो भिडियोमा बेरोजगार बीमा सुविधाका लागि आवेदन दिने विषयलाई नेपाली भाषामा सहज रुपमा प्रस्तुत गरिएको छ ।
हेर्नुहोस् भिडियो


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com