बेलायती प्रधानमन्त्री कोरोना संक्रमित
स्वास्थ्य अवस्था अत्यन्त खराब,आइसीयुमा उपचाररत

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

एजेन्सी,अप्रिल ६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था अत्यन्त खराब रहेको छ । प्रधानमन्त्री जोन्सनको लण्डनस्थित एक अस्पताको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भैरहेको छ । अहिले सघन उपचार कक्षमा पूर्ण निगरानीमा उनको उपचार भैरहेको छ ।
 जोन्सनले आवश्यकता अनुसार आफ्नो कार्यवाहकको रुपमा काम गर्न विदेशमन्त्री डोमिनिक राबलाई जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रवक्ताले जनाएका छन् ।
दश दिन पहिले परीक्षण गर्दा प्रधानमन्त्री जोन्सनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि आइसोलेशनमा बसेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार नभएपछि आइतवार मात्र उनी अस्पताल भर्ना भएका थिए । यसैबीच विश्वका विभिन्न देशका राष्ट्र प्रमूख र सरकार प्रमूखले प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएका छन् ।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com