भारतीय न्युज च्यानलमा नेपाल बन्द !

Globe Nepal
Globe Nepal 28 दिन अगाडी

काठमाण्डाैं,असार २५ गते । सरकारले भारतीय न्युज च्यानल बन्द गरेकाे छ। भारतका न्युज च्यानलले नेपालमा अनर्गल हल्ला फैलाउन थालेपछि सरकारले यस्ताे कडा निर्णय गरेकाे हाे । हालै चिनिया राजदुत हाेउ यान्छीले प्रधानमन्त्री अेालीलाइ ब्यक्तिगत तवरमै अर्नगल लान्छना लगाउँदै समाचार प्रशारण गरेकाे थियाे।महिलाकाे अस्मिता माथि नै प्रश्न उठने गरि भारतीय सञ्चार माध्यामले प्रधानमन्त्री अेाली चिनिया राजदुतकाे प्रेममा परेकाे,हनी ट्रयापमा फसेकाे जस्ताे निकृष्ट समाचार प्रशारण गरेकाे थियाे।यसले नेपालमा भारतीय सञ्चार माध्यामप्रति नकारात्मक धारणा विकास भएकाे थियाे।यसपछि सरकारले विहिवार बसेकाे मन्त्रीपरिषद वैठक मार्फत यस्ताे निर्णय गरेकाे हाे।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । नेपालबारे भ्रामक र आपत्तिजनक समाचार दिन थालेपछि विहिवार साँझदेखि दूरदर्शन बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको म्याक्सका उपाध्यक्ष ध्रुव शर्माले बताएका छन ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com