मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको घोषणा
'रणहार’ बन्यो मदन पुरस्कार विजेता, बैरागी काइँलालाई जगदम्बाश्री

Globe Nepal
Globe Nepal 9 महिना अगाडी

काठमाडौँ,भदौ १ ।  कवि बैरागी काइँला (तिलविक्रम नेम्बाङ) यस वर्षको जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत  हुनुहुने भएको छ । यसैगरी यस वर्षको मदन पुरस्कार ऐतिहासिक उपन्यास ‘रणहार’ का लेखक योगेश राजले प्राप्त गर्ने भएका छन् । निजी क्षेत्रबाट प्रदान गरिदै आइएको यी दुवै पुरस्कारलाई नेपाली साहित्य जगतमा सम्मानित पुरस्कारको रुपमा लिइन्छ । 
मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक कवि काइँलालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको हो । 'लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गमयको समृद्धिमा उल्लेखनीय' योगदान गर्नु भएकोले वर्ष २०७५ को जगदम्बा–श्री अर्पण गर्ने निर्णय गर्यो' गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
त्यसैगरी, गुठीले मदन पुरस्कारका लागि ऐतिहासिक उपन्यास ‘रणहार’ का लागि यसका लेखक योगेश राजलाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीमा प्राप्त २०७५ मा प्रकाशित दुई सय ५७ पुस्तकमध्ये ‘रणहार’ उत्कृष्ट ठहर भएको हो। यसका लागि अन्तिम छनोटमा सात पुस्तकहरु ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पिपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरीचिका’, ‘विचारको लाश’ र ‘रणहार’ परेका थिए।  विक्रम संवत २०१२ सालदेखि मदन पुरस्कार गुठीका नामबाट मदन पुरस्कार दिन थालिएको हो भने विक्रम संवत २०४५ सालदेखि जगदम्बाश्री पुरस्कार प्रदान गरिन थालिएको हो ।
आगामी असोज १२ गते विशेष कार्यक्रम गरी यी दुवै पुरस्कार प्रदान गरिनेछ । दुवै पुरस्कार चार–चार लाख रुपैयाँ धनराशी छन्। यस पहिले दुवै पुरस्कारको राशी दुई/दुई लाख रुपैयाँ रहेकोमा यसै वर्षदेखि चार/चार लाख रुपैयाँ बनाइएको हो ।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com