मनमाेहन अस्पतालले बर्ष दिन देखि भाडा नतिरेपछि घर खाली गर्न काठमाण्डाैं महानगरपालिकाकाे निर्देशन

Globe Nepal
Globe Nepal 2 महिना अगाडी

काठमाण्डाैं,असार १५ गते । कम्युनिष्ट पार्टीमा सादा नेताकाे रूपमा परिचित मनमाेहन अधिकारीकाे नाममा अहिले प्रशस्त मात्रामा अस्पताल खुल्ने गरेका छन।मनमाेहन मेमाेरियल अस्पताल मात्र हाेइन,मनमाेहन मेडिकल कलेज समेत खुलेका छन।सादगी नेता अधिकारीकाे नाममा यसरी ब्यापार गरिरहेकाे छ।तर यसरी मनमाेहनकाे नाममा ब्यापार गरेर अस्पताल चलाइरहेकाे मनमाेहन मेमाेरियल सामुदायिक अस्पताले बर्ष दिन देखि घर भाडा नतिरेपछि नयाँ विवादमा परेकाे छ।अहिले ठमेलमा रहेकाे याे अस्पताल कुनै समय हाेटल थियाे।हाेटल गाैरी शंकरकाे नाममा रहेकाे याे भवनलाइ नै पछि मनमाेहन अस्पतालले भाडामा लिएकाे थियाे तर बर्ष दिन देखि भाडा नपाएपछि यस भवनका मालिकले काठमाण्डाैं महानगरपालिका वडा नम्वर २६ ले घर खाली गर्न निर्देशन दिएकाे छ।असार १४ गते जारी गरिएकाे सुचनामा १५ दिन भित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिइएकाे छ।घर मालिकले भने अस्पताललाइ घर छाडेर जान माग गरेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com