मुमाराम र सुर्यराजले किन छाडे साझा पार्टी ?

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,असार २८ गते । साझा पार्टीबाट यसकाे प्रवक्ता डा.सुर्यराज आचार्य र संगठन विभाग प्रमुख मुमाराम खनाल अलग भएका छन।नेपालमा रहेका परम्परागत राजनीतिक दलले देशकाे मुहार बदल्न सकेनन भनेर खुलेकाे नयाँ दल साझा पार्टीकाे संगठनकाे स्वरूप वारेमा बहश हुदा असहमति भएपछि दुइ नेताले पार्टी परित्याग गरेकाे बताइएकाे छ।साझा पार्टीकाे केन्द्रिय समितिले पनि उनीहरूलाइ विदाइ गरिसकेकाे छ।यता साझा पार्टीले दुइ नेतालाइ विदाइ गरेपनि गतचुनावताका अलग भएकाे विवेकशील नेपालीसंग पार्टी एकताकाे प्रयाश थालनी गरेकाे छ।

साझा पार्टीमा केवल संयाेजक राखाैं र बाकि पद नराखाैं भनेर प्रस्ताव गरेका दुइ नेताकाे भित्रि असन्तुष्टि बेग्लै रहेकाे जानकारहरूकाे भनाइछ।खासमा,केही साता अघि मात्र पार्टी प्रवक्ता डा.सुर्यराजा आचार्यले प्रधानमन्त्री केपी अेालीकाे वचाउमा वक्तब्य जारी गरेपछि साझा पार्टीमा यसवारेमा हलचल भएकाे थियाे।उनले जारी गरेकाे वक्तब्यमा सरकारकाे वचाउ थियाे ।र,यसरी वक्तब्य जारी गर्ने ब्यक्तिहरूकाे सुचीमा भ्रष्टाचारकाे अभियाेगमा जेल  समेत परेका जेपी गुप्ता समेत थिए।जानकारहरूका अनुसार,केपी अेाली पहिलाे पटक प्रधानमन्त्री भएकाे बेलामा उनकाे भित्रि सल्लाहकारकाे भुमिका समेत खेलेका सर्यराज अेालीकाे रेल सपना पुरा हने बताउदै आएका थिए।उनी चीनबाट रेल आउनले विषय गेमचेन्जर हाे भन्दै सरकारकाे वचाउमा लागेका थिए।

यता,माअेावादी पृष्ठभुमिका मुमाराम खनाल पार्टी भित्र महत्वाकांक्षी नेताकाे रूपमा परिचित छन।उनका दाजु वलदेव उपनामले परिचित चन्द्रदेव खनाल प्रचण्ड निकट नेता माअेावादीमा रहदा वावुराम भटटरााइसंग निकट रहेका खनाल एक अनलाइन पनि सञ्चालन गरिरहेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com