मेलम्चीको पाइप विच्छ्याउदाको पिरलो

Globe Nepal
Globe Nepal 2017-01-30

काठमाडौं । केही वर्षअगाडिसम्म काठमाडौंका अस्तव्यस्त र सा“घुरा सडक विस्तार भएर व्यवस्थित देखिन थालेको धेरै भएको छैन । चौडा सडक, व्यवस्थित फुटपाथले काठमाडौका सडक गल्लीहरु धेरैहदसम्म राम्रा देखिएका थिए । तर, अहिले उपत्यकाका प्रायः सडक र पेटी बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बिछ्याउने क्रममा भत्काइएका छन् । जसका कारण पेटीमा पैदल यात्रुले सास्ती भोगिरहेका छन

सडक विभागले बाटो बनाउछ । खानेपानी र ढल निर्माण गर्न बाटो फेरि भत्काइन्छ । सामान्यतः काठमाडौंका सडकमा भूमिगत रुपमा खानेपानीको पाइप, ढल आदि राखिएको छ । बाहिर बिजुली, टेलिफोन, टेलिभिजन केबल र इन्टरनेटका तारहरू छन् । भौतिक सुविधाका यस्ता तारबारले सहरलाई कुरुप बनाउछ भने कतिपय अवस्थामा सहरबासीलाई सास्ती पनि दिन्छ ।

मेलम्चीको पानी घर घरमा पुर्याउन अहिले काठमाडौका सडक पेटीमा पाइप विच्छयाउन खनिएको छ । एक दुई दिनभित्रैमा खनि सक्ने र तुरुन्तै पाइप विच्छ्याएर सडक दुरुस्तै बनाउने प्रयास भएको छ । यो धेरैहदसम्म सकारात्मक पनि हो । तर सडक फेरि बनाउदा सडकमा बाकी रहने माटो, बालुवा सबै उठाएर लैजाने गरिएको छैन ।

जसका कारण सडक धुलाम्मे भएको छ । पाइप विच्छयाउनका लागि पेटीमा मात्रै होइन सडकमै पनि खनिएको छ । काठमाडौका अधिकांश सडकमा अहिले भत्काउने  र पुर्ने काम जारी छ । सडक विस्तारकै बेला मेलम्चीको पाइप पनि विच्छ्याइएको भए बनिसकेको सडक फेरि भत्काउन पर्ने थिएन । तर सुरुमा नसँेच्ने पछि खन्दै पुर्दै गर्ने काम मेलम्चीको मामिलामा देखिएको छ । पेटी भत्काएर पाइप बिच्छ्याउने क्रममा देखिएको सबैभन्दा सास्ती दिने विषय भने धुलो नै हो । भत्काइएको सडक पेटी तुरुन्तै नबनाउने, माटो, बालुवा असरल्ल छाडिदिने ठेकेदारको लापरबाहीले सर्वसाधारण आजित भएका छन् ।

मेलम्ची आयोजना २३ अर्ब रुपैयाको ठूलो योजना हो । यो योजनाको विभिन्न कामका लागि बेग्ला बेग्लै बलिया निर्माण कम्पनीहरु सहभागी छन् । सडकको धुलोले  निर्माण कम्पनीका मालिकलाई भेटाउदैन । मेलम्चीकै पदाधिकारीहरुले पनि धुलोमा पैदल हिड्न पर्दैन । विभाग, मन्त्रालयका उच्च पदाधिकारीको त कुरै गर्न परेन । सडकमा पैदल हिड्ने सर्वसाधारणको आवाजले कसैको केही गल्दैन ।
सडक किनारमा खाल्डाखुल्डीसमेत परेका छन्, जसले गर्दा आम सर्वसाधारणको दैनिकीमा निकै असर परेको छ । जाम, धुलो र खाल्डाखुल्डी परेका सडकका कारण दैज्ञिनक रूपमा सास्ती व्यहोरेका सर्वसाधरणले दुखेसो गरेका छन् । बाटो, ढल, फुटपाथ बनाउ“दा आउने समस्या त पुरानै हो । एउटा संरचना थप्दा अर्को संरचना बिग्रने भत्कने अवस्था छ । यसको मूल कारक अव्यवस्थित र एउटै बाटोमा बनेका दर्जनौं संरचनाले गर्दा हो ।
धूलो र धूवा“ले निस्सासिनु राजधानीवासीको बाध्यता जस्तै बनिसक्यो ।

मेलम्चीको खानेपानीको पाइप बिछ्याउने भन्दै सडक खनिन्छ । लामो समय त्यहा“ पिच गरि“दैन । कतै पिच भइहाल्यो भने नेपाल टेलिकमले खनिदिन्छ । त्यो पनि पिच भयो भने त्यहीं ठाउ“मा महानगरले ढल व्यवस्थित गर्ने भन्दै खनिदिन्छ । अनि लामो समय त्यसै अलपत्र छाडिन्छ । बुहप्रतिक्षीत मेलम्चीको पाइप विच्छ्याउने कुराले राजधानीवासीलाई पक्कै खुसी बनाएको हुनुपर्छ । तर ठेकेदारको लापरबाहीले सास्ती पनि त्यत्तिकै दिएको छ ।
    मेलम्चीको पानी काठमाडौं आउने सपना देखेको बीस वर्ष भयो । यो सपना अब पाँच किलोमिटर मात्रै पर छ । अर्थात मेलम्ची खानेपानीकालागि पाँच किलोमिटर सुरुङ खन्न बाँकी छ । कुल २७ दशमवल पाँच किलोमिटरमा २२ किलोमिटर सुरु खनिसकिएको छ । बाँकी पाँच किलोमिटर तोकिएकै समयमा खन्न सम्भव भयो भने आगामी असोजसम्ममा मेलम्चीको पानी काठमाडौंमा ल्याउन सम्भव हुनेछ ।  साढे २७ किलोमिटर सुरुङ खन्न निर्माण क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरिएको थियो । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्म सुरुङ खन्न शुरु  गरिएको थियो । विभिन्न ६ स्थानबाट सुरुङ खन्ने काम भएकोमा सिन्धुदेखि सुन्दरीजलसम्मको नौ किलोमिटर सम्पन्न भइसकेको छ । हेलम्बु गाविसको मुहान रहेको अम्बाथानबाट ग्यालथुम र ग्यालथुमबाट सिन्धुगरी दुई स्थानको पाँच किलोमिटर सुरुङ खन्न बाँकी छ । यो पाँच किलोमिटर नै अहिलेको प्रमुख चुनौती ।  अहिले पनि चार स्थानबाट दैनिक २० मिटरको दरले सुरुङ खन्ने काम भइरहेको छ ।
अम्बाथान क्षेत्रको सुरुङमा हालै एक समस्या उत्पन्न भएको छ । त्यो समस्या हो सुरुङ मार्गमा भेटिएको कमसल माटो । सुरुङमार्गमा ढुंगामात्रै भेटिँदा पनि काम गर्न गाह्रो हुन्छ । अहिले भने सुरुङमार्गमा गिलो ग्राभेल निस्केको छ । जसका कारण दैनिक २ मिटरको दरले मात्रै सुरुङ खन्न सकिएको छ ।  सुरुङमार्गमा करिब २ किलोमिटरमा यस्तो लेदो ग्राभेल फेला परेको छ । जसका कारण काममा थप हैरानी उत्पन्न भएको हो । सुरुङ निर्माणमा केही अवरोध आएपछि आगामी असोजमा उपत्यकामा पानी पु¥याउन सकिनेमा आयोजनाका अधिकारीहरूले आशंका व्यक्त गरेका छन् । दैनिक २५ मिटर खन्नुपर्ने हो, तर २ मिटर पनि खन्न नसक्दा समयमै सुरुङ खन्ने काम नसकिएला कि भन्ने चिन्ता बढेको हो । 
यो सुरुङ खण्डलाई आगामी असारमा सिध्याउने र मेलम्चीको पानी काठमाडौमा आउने मिति सगौरव तोक्ने खेलम्ची खानेपानी आयोजनाले लिएको थियो । करिब १ महिनाअघि सुन्दरीजल–सिन्धु खण्डको करिब साढे ९ किमिको काम सम्पन्न भइसकेको छ । यो काम सकिएपछि समयमै आयोजना सम्पन्न हुने निश्चित हुने थियो । सुरुङ मार्गको सिन्धु–सुन्दरीजल खण्ड, सिन्धु–ग्यालथुङ खण्ड र ग्यालथुङ–अम्बाथान खण्डमध्ये सबभन्दा लामो सुन्दरीजल–सिन्धुखण्ड हो । 
मेलम्ची खानेपानी आयोजना अन्तर्गत विभिन्न पूर्वाधारका कामहरु पनि एक साथ अघि बढेको छ । काठमाडौमा पाइप विच्छ्याउनेदेखि पानी प्रशोधनको काम पनि जारी छ । पानी प्रशोधन प्लान्टको ९८ प्रतिशत काम सकिएकोछ । करिव २३ अर्ब रुपैंयाको लागतमा निर्माणाधीन मेलम्ची आयोजनामा ४५ प्रतिशत भन्दा बढी लगानी एसियाली विकास बैंक एडीबीको छ । सुरूङ निर्माणसंगै प्रसोधन केन्द्र र वितरण प्रणाली सुधारको काम पर्नि कसाथ अगाडि बढेको छ । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी काठमाडौं ल्याउनको निम्ति निर्माणाधीन साढे  २७ किलोमिटर लामो सुरुङबाट पहिलो चरणमा  दैनिक १७ करोड लिटर पानी सुन्दरीजल झार्ने आयोजनाको लक्ष्य छ । 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com