यस बर्ष भारतबाट मात्र ११ कराेडकाे कन्डम आयात, नेपालले भुटानबाट पनि कन्डम ल्यायाे

Globe Nepal
Globe Nepal 3 महिना अगाडी

काठमाण्डाैं,असार २० गते । नेपालमा सामान्य वाेलीचालीकाे भाषामा सियाे समेत बन्दैन भनेर भनिन्छ।तर,सिआएस कम्पनीले नेपालमै कन्डम भने बनाउने गर्दछ तर नेपाली उपभाेक्ताले व्रान्डेड कन्डम प्रयाेग गर्न रूचाउन थालेपछि विदेशबाट आयात गर्ने कन्डमकाे माग हवात्तै बढेकाे छ।यस आर्थिक बर्षकाे ११ महिनामा भारतबाट मात्र १० कराेड ७६ लाखकाे कन्डम मात्र आयात गरिएकाे छ।कुल ९०हजार किलाे वजन वरावरकाे कन्डम मात्र भारतबाट आयात गरिएकाे हाे।याे तथ्यांकले नेपाल भारतसंग के के कुरामा परनिर्भर रहेछ भन्ने प्रष्ट पार्दछ।तर नेपालले विदेशबाट ल्याउने कन्डम यति मात्र भने हाेइन।पछिल्लाे तथ्यांक अनुसार,नेपालले विदेशबाट कुल १३ कराेड रूपैयाँ भन्दा बढी मुल्यकाे कन्डम मात्र आयात गरेकाे देखिन्छ।तर सवैभन्दा धेरै भारतबाट आयात गरेकाे पाइएकाे छ।यसपछि नेपालले चिनबाट पनि कन्डम आयात गर्न थालेकाे छ।पछिल्लाे तथ्यांक अनुसार नेपालले चिनबाट यस बर्ष मात्र ५३लाख ८५हजार रूपैयाँकाे कन्डम आयात गरेकाे छ।कतिसम्म भने नेपालले भुटानबाट समेत कन्डम आयात गरेकाे छ।यस्तै,जर्मनी,अमेरिका,बंगलादेशबाट पनि नेपालले कन्डम आयात गरेकाे पाइएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com