युद्ध भारत र पाकिस्तान विच तर मारियाे नेपाली युवा दीपक कार्की !

Globe Nepal
Globe Nepal 3 महिना अगाडी

काठमाण्डाैं,असार ९ गते । भारत र पाकिस्तान विच कस्ताे सम्वन्ध छ भनिरहनै पर्दैन। तर,यहि सम्वन्धमा जब तिक्तता उत्पन्न भयाे तब मृत्यु भने नेपाली युवा दीपक कार्कीकाे भयाे।भारत पाकिस्तानकाे सिमा नाका जम्मु कश्मीरकाे रजाैरी जिल्लामा भिडन्त हुदा भारतीय सेनाकाे तर्फबाट लडाइ गरेका नेपाली युवा कार्कीकाे निधन भएकाे हाे।यस क्षेत्रमा युद्ध विराम थियाे तर पाकिस्तानले यसकाे उल्लंघन गर्दै अचानक फायर खाेल्दा कार्कीकाे निधन भयाे।भारतीय सेनामा नेपाली युवाहरू ठुलाे संख्यामा कार्यरत छन।

भारतीय सञ्चार माध्यामहरूले याे घटना साेमवार भएकाे जनाएका छन।र,कार्की युद्धकाे दाैरान घाइते भएका थिए र पछि उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे।भारत र चीन विच लद्धाखमा भिडन्त भएपछि नेपालमा छुट्टीमा अाएका सैनिकहरूलाइ धमाधम वाेलाउन थालिएकाे छ।यहि बेलामा पाकिस्तानसंग समेत भारतकाे भिडन्त भएकाे छ।नेपाली युवाहरूलाइ भारतले सिमा रक्षाकाे अग्रपंक्तिमा राखेकाे छ।
 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com