रअ प्रमुखकाे भ्रमण नसेलाउँदै भारतीय सेनापति नेपालमा आउने पक्का,यस्ता छन भ्रमणका उदेश्य

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ११ गते । भारतीय सेनापति मनाेज मुकुन्द नरभाने अर्काेसाता नेपाल भ्रमणमा आउने भएका छन। उनी कार्तिक १९ गते नेपाल आउन लागेकाे नेपाली सेनाले पुष्टि गरेकाे छ।सेनाले नरभाने नेपाल आउने मिति नै सार्वजनिक गर्दै भारतीय सेनाध्यक्ष नेपाल आउँदा तिन वटा मुख्य काम हुने वताएकाे छ।

नेपाली सेनाका अनुसार,भारतीय सेनाध्यक्षकाे साथमा चार सदस्यीय टाेली हुनेछ।अमेरिकी विदेश मन्त्री माइक पम्पियाे दिल्लिमा वसेर चीनतिर कडा अभिब्यक्ति दिएकै अर्काे साेता नरभाने नेपाल आउन लागेकाे हुन।यी तिनै नरभाने हुन जसले प्रधानमन्त्री केपी अेालीलाइ चीनकाे इशारामा भारतलाइ लक्षित गरि कडा अभिब्यक्ति दिएकाे आराेप लगाएका थिए।तर उनी नेपाली सेनाकाे निम्ताेमा कार्तिक १९ गते नेपाल आउन लागेका हुन।कतिपय सुरक्षाा मामिला जानकारहरू भने याे सैन्य कुटनीति भन्दछन।नरभाने आउनु अघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गाेयलले ठुलाे तामझाम सहित नेपाल भ्रमण गरेर प्रधानमन्त्री अेालीलाइ भेटेका थिए,जसकाे पक्ष र विपक्षमा अहिले पनि वहश र विश्लेषण भइरहेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com