काठमाण्डाैं,पुष २६ गते । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाइ वेस्सरी थर्काएका छन।सामाजिक सञ्जालमा मिश्रले लेखेकाे वाक्यलाइ हेरेर रिमालले थर्काएका हुन।सार्वजनिक मञ्चमा नै रिमालले थर्काएपछि उनलाइ सत्ताकाे मात चढेकाे भनेर अहिले चाैतर्फी विराेध भइरहेकाे छ। मिश्रले लेखेका थिए-कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने।अब अति भो !
मिश्रले सामाजिक सञ्जालमा यति लेख्ने वित्तिकै प्रधानमनत्रीका सल्लाहकार रिमालले उत्तेजित भएका छन।उनले रन्किएर लेखेका छन-सीमामा बस्नुस् रबीन्द्र जी! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनूँ- मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ।
उनीहरू दुइ जनाकाे सवाल जवाफपछि अहिले सामाजिक सञ्जालमा दुइ खाले मत देखिएकाेछ। एकाथरि मिश्रकाे पक्षमा छन जाे भन्दैछन कि लेख्न वाेल्न पनि किन नपाइने ?