काठमाण्डाैं,मंसिर १५ गते । गणतन्त्र स्थापनाकाे १५ वर्षपछि नै राजधानीकाे सडकमा राजा माग्दै विशाल जलुस निस्केकाे छ।गणतन्त्रवादी दल नेकपा र उसकाे नेतृत्वमा वनेकाे सरकार ढल्छ कि भनेर वहश भइरहेकाे बेलामा राजधानीकाे वानेश्वर पुर्वराजा समर्थकहरूले विशाल जुलुस निकालेका हुन।उनीहरूले मंसिर २० गते पनि यस्तै विशाल जुलुस निकाल्ने तयारी गरेका छन।पुर्वराजाकाे समर्थनमा गठन भएका विभिन्न संघ संस्थाले साेमवार विशाल जुलुस निकालेका हुन।साे जुलुसलाइ पुर्वराजाका समर्थक केशरवहादुर विष्ट सहितका नेताहरूले नेतृत्व गरेका थिए।रयालीमा युवाहरूकाे सहभागीता पनि उतिकै थियाे। माइतीघर मण्डलाबाट सुरू भएकाे रयाली वानेश्वरसम्म पुगेकाे थियाे।रयालीमा निस्केकाहरूले राष्ट्रिय झण्डा र ब्यानर वाेकेका थिए।उनीहरूले राजा अाउ देश वचाउ भनेर नारा लगाएका थिए।