राजा माग्दै राप्रपाले हेटाैंडामा गरयाे प्रदर्शन,कमल थापाले भने-अव राजसंस्था ल्याउछाैं

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १९ गते। राजावादी दल राप्रपाले वागमती प्रदेशकाे राजधानी हेटाैंडामा राजा माग्दै प्रदर्शन गरेकाे छ। राजसंस्था र हिन्दुराष्ट्रकाे मुख्य माग राखेकाे राप्रपाले निकालेकाे रयालीमा राप्रपाकाे साथै राष्ट्रिय झण्डामा समेत प्रयाेग गरिएकाे छ।उनीहरूले जुलुस निकालेर विस्थापित राजसंस्था पुर्नस्थापनाकाे माग राखेका छन। राजसंस्था २०६२ सालकाे जनअान्दाेलनले विस्थापित गरेकाे थियाे। राप्रपा उही विस्थापित राजसंस्थाकाे पुर्नवहालीकाे पक्षमा रहेकाे छ।

सत्तारूढ दल नेकपा भित्रकाे विवाद उत्कर्षमा पुगेकाे बेलामा राप्रपा सहित राजसंस्था माग गर्ने विभिन्न संघ संस्थाले राजा चाहियाे भन्दै माग राखेर कहिले माेटर साइकल रयाली त कहिले जुलुस निकाल्न थालेका छन।

राप्रपाले हेटाैंडाकाे जुलुसलाइ प्रतिष्ठाकाे विषय वनाएकाे थियाे।

राप्रपाले यसरी जुलुस निकालेपछि अध्यक्ष कमल थापाले जुलुस निकाल्ने कार्यकर्तालाइ स्यावास भनेका छन।उनले भनेका छन-स्याबास! राप्रपा मकवानपुर हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगारी,धर्मपरिवर्तनको बिरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ। कसैलाई भ्रम र द्विविधा नरहोस् राप्रपा बलियो भयो भने मात्र हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुन्छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com