काठमाण्डाैं,मंसिर १९ गते । नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएकाे छ। तनहुँकाे ब्यास नगरपालिकामा वनेकाे पुल उदघाटन गर्न जादा पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेललाइ पक्राउ गरि प्रहरीले हिरासतमा राखेपछि रिसाएकाे कांग्रेसले शुक्रवार पदाधिकारीकाे वैठक डाकेर यस्ताे निर्णय गरेकाे हाे । सरकारले मनपरी ढंगले शासन चलाउदा समेत चुप लागेर बसेकाे कांग्रेस वरिष्ठ नेतालाइ धरपकड गर्न थालेपछि भने रिसाएकाे हाे । कांग्रेसले शुक्रवार पुर्व र वर्तमान पदाधिकारीलाइ समेत वैठकमा डाकेकाे थियाे।