वादलले चिनिया रक्षामन्त्रीसंग कुहिना ठाेक्याएर गरे स्वागत !

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १४ गते । चिनिया पाहुना वेइ फेङहेलाइ स्वागत गर्न त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल पुगेका गृहमन्त्री रामवहादुर थापाले अनाैठाे ब्यवहार देखाएका छन।काेभिड-१९काे संक्रमणकाे डर भएपछि हात मिलाउने र मास्क खाेल्ने दुवै काम नगरेका गृहमन्त्री रामवहादुर थापा वादलले चिनिया रक्षामन्त्री वेइलाइ कुहिना जुधाएर स्वागत गरेका छन।विमानस्थलमा दुवै मन्त्रीले कुहिना जुधाएका छन।यति मात्र हाेइन,मन्त्रीपछि अन्य कर्मचारीले पनि कुहिना नै जुधाएका छन।कुहिना जुधाएर स्वागत गरिएकाे याे अनाैठाे स्वागत हाे।युराेपेली राष्ट्रलेसमेत हात मिलाउनुकाे बदलामा पुर्वीय सभ्यता अनुसार,अचेल नमस्कार गर्न थालेका छन तर दुवै एशियाली राष्ट्रका प्रतिनिधि भेट हुदा भने कुहिना जुधाएका छन।याे तस्वीर हेर्दा स्वागत नभएर एक किसिमकाे युद्धकाे अभ्यास जस्ताे देखिन्छ।

मन्त्री वादलले कुहिना नजुधाइ नमस्कार गर्नुपर्थ्याे भनेर अहिले सर्वत्र विराेध भइरहेकाे छ। पाहुनाकाे स्वागतमा उनी चुकेकाे मुल्यांकन गरिदैछ।

भारतीय विदेश सचिवल फर्केकै भाेलिपल्ट नेपाल भ्रमणमा अाइपुगेका चिनिया रक्षामन्त्रीले नेपालसंग सैन्य सहयाेगकाे वारेमा चर्चा गर्नेछन।उनले प्रधानमन्त्री देखि सेनापतिसम्मलाइ भेटिसकेका छन।

उनकाे याे भ्रमणमा पारस्परिक सम्वन्ध वढाउने,सैन्य सहयाेग सम्वन्ध वढाउने वताएका छन।तर,नेकपा विवाद उत्कर्षमा पुगेकाे र फुटन लागेकाे नेकपालाइ पटक पटक चिनले जाेगाइसकेका पृष्ठभुमिमा भएकाे भेटलाइ राजनीतिक अर्थ समेत दिइएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com