काठमाण्डाैं,असाेज १ गते । नेकपा उपाध्यक्ष वामदेव गाैतम ठुलाे मेहनतपछि राष्ट्रियसभाकाे सांसद भएका छन।प्रतिनिधिसभाकाे चुनावमा वर्दियाबाट कांग्रेस सांसद सञ्जय गाैतमसंग पराजित भएका गाैतम पार्टी भित्र ठुलाे मेहनत गरेर ६ बर्षकाे लागि राष्ट्रियसभाकाे सांसद भएका छन।उनलाइ सांसद वनाउने भनेर गत मन्त्रीपरिषद वैठकले निर्णय गरेकाे थियाे।विहिवार नै राष्ट्रपतिलाइ सिफारिश गरिवरि उनले यसै दिन राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना समक्ष पदकाे सपथ लिएका छन।
सपथ लिएपछि उनले सांसदकाे गरिमा घटाउने काम नगर्ने वताए।
गाैतमले सपथ लिदा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल,वरिष्ठ नेताहरू माधव नेपाल,झलनाथ खनाल लगायतका नेताहरू उपस्थित थिए।