वित्तीय क्षेत्रमा सञ्चालन जोखिम वढयो

Globe Nepal
Globe Nepal 2017-10-24

काठमाण्डौं, कार्तिक ७ / नेपालको वित्तीय  क्षेत्रमा हलचल नै पैदा ल्याउने गरी हयाकरले प्रणाली नै हयाक गरेर ४५ करोड नेपाली रुपैयाँ वरावरको रकम विदेश स्थित बैंकमा सार्न सफल भएका छन् । केन्द्रीय वैंक र सरोकार बैंकको वीचको समन्वयका कारणले उक्त रकम फिर्ता ल्याउन सफल हुने केन्द्रीय बैंकका अधिकारीहरुको भनाई रहेको छ । यसै वीच बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो । 
ह्याकरले विदेशका विभिन्न छ मुलुकका आठ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले दिएका जानकारी अनुसार , “केन्द्रीय बैंकमार्फत सम्वन्धित देशका कारोवार गर्ने बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको छ ।” उक्त रकमलाई कारोवारमा संलग्न भएको एनआइसी एसिया बैंकले पनि रकम फिर्ता गर्न पहल गरिरहेको छ । 

यसले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधि तथा प्रणालीगत समस्यालाई विशेष ध्यान दिनुपर्छ भन्ने स्पष्ट सँदेश दिएको छ  । खासमा वित्तीय प्रणलीको अनेकन जोखिमहरु मध्ये सवैभन्दा जोखिमको विषय पनि सञ्चालन जोखिम नैं हो । नेपालको वित्तीइ क्षेत्र सञ्चालन जोखमिको अवस्थामा धेरै कुराले परिपक्व भईनसकेको टिप्पणी विश्लेषकहरुले गर्दे आएका छन् । यो घटनाले अर्को पाठ भने अवश्य सिकाएको छ । विश्व भर ख्याति कमाएको मुद्रा विप्रेषण गर्ने माध्यम स्विफट हाल २०० मुलुकका ११ हजार विभिन्न संस्थाले प्रयोग गर्दै आएको प्रणाली हो। सोमबार राष्ट्र बैंकले सबै बैंकका सूचना प्रविधि विभागका प्रमुखलाई बोलाएर निर्देशन दिएको थियो । बैंकको कारोबार प्रणालीको चुनौतीका कारण बैंकिङ क्षेत्रमा चुनौती थपिँदै गएकै कारण आन्तरिक प्रणालीलाई थप सुरक्षित गर्नुपर्ने देखिएको छ । 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com