काठमाण्डाैं,माघ १ गते । काठमाडौंको भद्रकालीमा विहानै वस दुर्घटना भएको छ । आज विहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना हुदा एक जना घाइते भएका छन। चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको हो । अत्यधिक गतिकाे कारण वस दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ। चालक र सह-चालकसहित ५ जना यात्रु सवार उक्त बस दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।