काठमाण्डाैं,कार्तिक १९ गते । काेराेना संक्रमण उच्च गति वढेकाे बेलामा वीर अस्पतालकाे इमरजेन्सीमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन।अस्पताल प्रशासनलाइ वारम्वार माग राख्दै अाएपनि सुनुवाइ नभएकाे भन्दै उनीहरूले वुधवार राजीनामा दिएका हुन।
अाकस्मिक कक्षमा उपचार गर्दा चाहिने सुरक्षा सामाग्री नदिएकाे,जाेखिम भत्ता,दशैं भत्ता केही नदिएकाे तर हप्तामा ९६ घण्टासम्म काम लगाएकाे भन्दै चिकित्सकहरूले राजीनामा दिएका हुन।उनीहरूले अस्पतालले करारका चिकित्सक भन्दै हेपेकाे गुनासाे गरेका छन।यसरी वुधवार राजीनामा दिएपनि उनीहरूले अस्पतालले राजीनामा स्विकृत नगरेसम्म काम भने जारी राख्ने जनाएका छन।राजीनामा दिएका चिकित्सकहरूले अाफुहरू गैरजिम्मेवार नहुने वताए।