काठमाण्डाैं,मंसिर १२ गते । नेकपा सचिवालयकाे वैठक शनिवार वस्ने तय भएकाे छ। यस वैठकमा प्रधानमन्त्री केपी अेाली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेकाे १९ पेज लामाे प्रस्तावकाे उत्तर दिने तयारी गरेका छन।अेालीले कस्ताे उत्तर लेख्लान भनेर अनुमान गरिएकाे बेलामा सचिवालय वैठककाे अघिल्लाे साँझ अर्थात शुक्रवार राती उपप्रधानमन्त्री इश्वर पाेखरेल पार्टी उपाध्यक्ष वामदेव गाैतमकाे निवास भैंसेपाटीमा पुगेका छन। सचिवालय वैठकमा ९ जना सदस्य रहेका छन।यसमध्ये ५ जना कार्यकारी अध्यक्ष प्रचण्ड-माधव नेपालकाे पक्षमा रहेका छन।तर,दाङ पुगेर नेकपा फुटदैन भनेर अभिब्यक्ति दिएका गाैतमलाइ भेटन अेाली समुहका नेता पाेखरेल भैंसेपाटी पुगेपछि वामदेव अेालीतिर लाग्छन कि भन्ने अनुमान गर्न थालिएकाे छ।यसअघि यसैगरि रस्साकस्सी चलिरहेकाे बेलामा अेाली स्वयम वामेदवकाे घरमा पुगेर डिनर मिटिङ गरेका थिए।यसपछि गाैतम अेालीतिर लागे,जुसले गर्दा प्रचण्ड समुह गलेकाे थियाे।
शुक्रवार पाेखरेलकाे भेटकाे असर कस्ताे परयाे भन्ने कुरा शनिवार वस्ने सचिवालय वैठकले नै प्रष्ट पार्नेछ।