काठमाण्डौं,पुष २३ गते । संसारमा रहेका देशहरु अहिले कोरोना भाइरसको कारण हायलकायल भएका छन । यसले विश्व अर्थब्यवस्था नै धरायशायी वनाइदिएको छ । यहि कोरोना कै कारण गएको साल मानिसहरु विदेश घुम्ने त परै जावस आफनै घरमा खुम्चिएर वस्नु परयो । साच्चै भन्नुपर्दा सन २०२०मा सवैभन्दा काम नलाग्ने वस्तुमा पासपोर्टलाइ परिणत गरिदियो । अझै पनि कोरोनाको कहर जारी छ जसले गर्दा सन २०२१ पनि गएको बर्ष जस्तै हुनेछ वा खुम्चिएर वस्नुपर्नेछ ? भन्ने सवाल कायमै छ । यद्यपि विश्वमा नै सन २०२१ कस्तो हुनेछ ? भन्ने अनुमान गर्ने क्रम जारी छ ।
विश्वका पासपोर्टको अवस्था र ति कति वलिया वा कमजोर छन भनेर अध्ययन गरि रिपोर्ट सार्वजनिक गर्ने अन्र्तराष्ट्रिय संस्था हेनली एण्ड र्पाटनर्सले जारी गरेको नयाँ सुची अनुसार,संसारका उत्कृष्ट पासपोर्टमा एशियाले पकड जमाएको छ । विश्वका उत्कृष्ट दस मध्ये पहिलो स्थानमा नै जापान परेको छ । यस्तै दोस्रो स्थानमा सिंगापुर परेको छ । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको पासपोर्ट सातौं स्थानमा परेको छ भने यहि लहरमा वेलायतमा परेको छ । दसौं स्थानमा भने हंगेरी परेको छ ।
जसरी विश्वका उत्कृष्ट दस राष्ट्रको पासपोर्ट तय गरिएको छ यसैगरि कमजोर पासपोर्टको पनि सुची तयार भएको छ । यहि सुचीमा नेपाल पनि पर्दछ । नेपाल १०४ स्थानमा छ । कमजोर पासपोर्ट मध्येको पनि सवैभन्दा कमजोर अफगानस्तानको छ ।