सरकारकाे निर्देशन यातायात ब्यावसायीले मानेनन,बस नचलाउने निर्णय

Globe Nepal
Globe Nepal 28 दिन अगाडी

काठमाण्डाैं,असार २६ गते ।सरकार विहिवार सार्वजनिक सवारी साधन चलाउने निर्णय गरेपनि यातायात ब्यावसायीले भने याे निर्णय नमान्ने निर्णय गरेका छन।मन्त्रीपरिषदकाे निर्णय भएकाे भाेलिपल्ट बसेकाे ब्यावसायीकाे वैठक केही सर्त राख्दै सवारी साधन नचलाउने निर्णय गरेका हुन। यातायात व्यवसायी राष्ट्रिय महासंघले यस्ताे निर्णय गरेकाे हाे।

महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लक डाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको हो ।

ब्यवसायीले चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बिना गर्नुपर्ने ,भाडा बढाएर सवारी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने लगायत माग राखेका छन् ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com