काठमाण्डाैं,मंसिर १४ गते । सरकारकाे तथ्यांकमा काेराेना भाइरसबाट संक्रमितकाे संख्या हवात्तै घटेकाे छ। परिक्षण कम भएर वा साच्चिकै काेराेना कम भएकाे भन्ने प्रष्ट नभएपनि स्वास्थ्य मन्त्रालयले दिने तथ्यांकलाइ हेर्दाे काेराेना संक्रमितकाे संख्या भने पछिल्ला दिनमा घटेकाे हाे । आइतबार १२५५ जनामा मात्र कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा काठमाडौं उपत्यकामा ५४८ सहित १२५५ जनालाइ काेराेना लागेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । तर काेराेना संक्रमित मध्ये २४ घण्टाकाे विचमा २५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १४७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १४०४ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख १३ हजार ५९० जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ९० दशमलव ६ रहेको मन्त्रालले जनाएको छ । नेपालमा हाल १७ हजार ९०९ जना आइशोलेशनमा छन् भने ६३२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख २७ हजार ८३६ वटा पिसिआर गरिएको छ ।