सरकारलाइ अर्काे झडका,जग्गाकाे कित्ताकाट नगर्न सर्वाेच्चकाे आदेश

Globe Nepal
Globe Nepal 2 महिना अगाडी

काठमाण्डाैं,भदाै २९ गते । सरकारलाइ अर्काे पनि जाेडकाे झडका लागेकाे छ। राज्यकाे ढुकुटी रित्तिदै गएपछि प्रशस्त कर उठाउन भनेर तिन बर्ष अघि आफैले गरेकाे निर्णय उल्टाएर जग्गाकाे कित्ताकाट खाेलेकाे सरकारलालाइ सर्वाेच्च अदालतले याे काम नगर्नु भनेर आदेश दिएकाे छ।

नेपालमा कृषियाेग्य जमिन सकिदै घर जग्गाकाे लागि जमिन बढी प्रयाेग हुन थालेपछि जमिनकाे चक्लावन्दी वन्द गर्न तिन बर्ष अघि कित्ताकाट राेकिएकाे थियाे । तर गत साता सरकारले अचानक कित्ताकाट खुलाएकाे थियाे।यसकाे विरूद्धमा अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएकाे हाे।अदालतले दुवै पक्षलाइ असाेज ८ गते अदालतमा हाजिर हुन भनेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com