सुनील थापा कांग्रेसमा प्रवेश,देउवाले दिए सदस्यता,पाैडेल पनि कार्यक्रममा उपस्थित

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,साउन १३ गते । पुर्वप्रधानमन्त्री सुर्यवहादुर थापाका पुत्र सुनील थापा कांग्रेस प्रवेश गरेका छन।उनी मंगलवार कांग्रेस सभापति शेरवहादुर देउवाकाे हातबाट सदस्यता लिएर कांग्रेस प्रवेश गरेका हुन।उनी सहित मंगलवार राप्रपाका १४ नेता समेत कांग्रेस प्रवेश गरेका छन।यसरी प्रवेश गर्नेहरूमा रामकृष्ण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र  ईन्द्रबहनदुर तामाङ रहेका छन।

राप्रपामा यी नेताहरूलाइ प्रभावशाली र जनाधार भएकाे नेता मानिन्छ।

पार्टी कार्यालयमा देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराउँदा साे कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पाैडेल पनि उपस्थित थिए।साे वैठकमा उपसभापति विमलेन्द्र नीधि लगायतका नेताहरू पनि थिए।

उनलाइ सह-महामन्त्री पद दिने तयारीमा देउवा छन भने थापा पक्षधर केही नेतालाइ पार्टीकाे केन्द्रिय सदस्य बनाउने कांग्रेसकाे तयारी छ।तर केही कांग्रेस नेताहरूले भने पञ्चलाइ ठाउँ दिएकाे भनेर उनकाे विराेध पनि गरेका छन।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com