हयुस्टनमा रहेकाे चिनिया दुतावास हटाउन अमेरिकाले निर्देशन दिएपछि अमेरिका र चीन विच तनाव

Globe Nepal
Globe Nepal 2 महिना अगाडी

काठमाण्डाैं,साउन ७ गते । चिन र अमेरिका विच नयाँ तनाव सुरू भएकाे छ।

अमेरिकाकाे हयुस्टनमा रहेकाे चिनिया महावाणिज्य दुतावास तत्काल हटाउन भनेर अमेरिकाले निर्देशन दिएपछि नयाँ तनाव सुरू भएकाे हाे । चिनले यसलाइ अमेरिकाकाे भडकाउपुर्ण अभिब्यक्ति भनेकाे छ।अमेरिकाले भनेकाे छ-यो अमेरिकाले एकपक्षीय रुपमा संचालन गरेको राजनीतिक भड्काउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गर्दछ । साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लंघन हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिकासमक्ष आग्रह गरेको बताए ।

पछिल्लो समय अर्ध-स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तीव्र असन्तोष व्यक्त गरेको छ । यसैकाे प्रतिक्रया स्वरूप अमेरिकाले महावाणिज्यदुतावास हटाउन भनेकाे हाे ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com