हवात्तै बढयाे काेराेना भाइरस,एकै दिन ६२ जनामा संक्रमण पुष्टि, वाकेमा एकैपटक ४७ विरामी

Globe Nepal
Globe Nepal 14 दिन अगाडी

काठमाण्डाैं,जेठ ५ गते । नेपालमा साेमवार एकै दिन ६१ जना मानिस काेराेना भाइरसबाट संक्रमित भएकाे पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार साेमवार विहान राैतहटमा ९ जना संक्रमित भएका थिए । यसपछि काेराेना संक्रमितकाे संख्या ३०४ पुगेकाे थियाे तर अपरान्ह अचानक बाँकेमा ४७ जना, मोरङमा १ जना, भैरहवा प्रयोगशालामा १ र ४ जना धुलिखेल प्रयोगशालाबाट कोरोना पुष्टि भएपिछ याे संख्या बढेर एकै पटक कूल ३५७ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या ३५७ पुगेकाे छ भने दुइ जनाकाे मृत्यु भइसकेकाे छ । यस मध्ये ३६ जना निकाे भएर घर फर्किएका छन । पछिल्लाे तथ्यांक अनुसार ३१ जिल्लामा काेराेना संक्रमण पुष्टि भएकाे छ। मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कुल कोरोना सङ्क्रमित ३५७ जना मध्ये पुरुष २९८ र महिला ५९ जना भएकाे जानकारी पनि दिएकाे छ । मृत्यु भएका दुइ जना मध्ये एक जना पुरुष  र एकजना महिला रहेका छन । सरकारले लकडाउन थपेर २० गतेसम्म पुरयाए लगत्तै काेराेनाबाट संक्रमितकाे संख्या झन बढन थालेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com