देउवाले भने: मलाई नजिस्क्याउनु, विधान संशोधन गरेर फेरि सभापति हुन्छु

देउवाले भने: मलाई नजिस्क्याउनु, विधान संशोधन गरेर फेरि सभापति हुन्छु


ग्लोब नेपाल
3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केही नेताहरुले आफूलाई जिस्क्याउने र पेल्ने काम गरे आफू फेरि विधान संशोधन गरेर सभापति हुने घुर्की लगाएका छन् ।

दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा कोइराला पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गर्दा पार्टी हार्ने धारणा राखेका थिए । तत्काल जवाफ फर्काउँदै देउवाले यस्तै हो भने आफू विधान संशोधन गरेर फेरि सभापति बन्नुपर्ने अवस्था आउन सक्ने बताए । देउवाले भने, ‘मलाई धेरै नजिस्काउनुस् । गठबन्धन गरेर चुनाव जिताएर बलियो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छाड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु ।’

नेपाली कांग्रेसको विधानमा एक जनाले दुई पटक मात्र सभापति हुन पाउने व्यवस्था छ । तर देउवाले शेखर पक्षका नेताहरुलाई लक्षित गर्दै यस्तै गतिविधि गरे विधान संशोधन गरेर सभापति हुने बताएका हुन् ।

देउवाले गठबन्धन नगरे चुनाव जित्नुहुन्छ भनेर गौतमलाई प्रश्नसमेत गरेका थिए । सभापति देउवाले शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गर्दै पार्टी प्यालेस चहारेको भन्दै आक्रोशसमेत पोखे । भेला आयोजना गर्ने भए पार्टी कार्यालयमै गर्न पनि उनले सुझाव दिए।

सोमबारदेखि जारी बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आजको बैठक बिहीबार पुनः बस्नेगरी स्थगित भएको छ ।