वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थपिए

वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थपिए



काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्ध टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् ।

टोलीमा विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई थप गरिएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए ।

क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो ।

उनीहरू थपिएपछि वेष्ट इण्डिज ‘ए’विरुद्ध सिरिज खेल्ने नेपाली टोलीमा २० सदस्य भएका छन् ।

वेष्टइण्डिज ‘ए’विरुद्ध घरेलु मैदान कीर्तिपुरमा हुने पाँच म्याचको सिरिजपछि टी–२० विश्वकप खेल्ने अन्तिम टिम तय हुनेछ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द. विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम ।