अमेरिकाको ईमिग्रेशन नीति यस्तो छ

13 दिन अगाडी

वाशिङ्गटन डिसी, फेबु्अरी ११ 
अमेरिकी सरकारले आगामी दिनमा अपनाउने आप्रवासी सम्वन्धि नीतिको विषयमा रिपव्लिकन सिनेटरले एक विलको मस्यौदा तयार पारेका छन् । यसरी तयार पारिएको नीतिमा डिभी भिषालाई घटाएर परिवार तथा रोजगारी सम्वन्धि भीषालाई कटौती गरिने उल्लेख गरिएको छ । व्हाईट हाउसको सहयोगमा तयार पारिएको मस्यौदा नीतिमा भनिएको छ – साना तथा वालवालिकको रुपमा अमेरिका आएका आप्रवासी वालवालिकाको लागि स्थायी समस्या समाधान गर्न १८ लाखलाई नागरिकताको प्रक्रियामा लैजाने ,यसको लागि १८ वर्ष भन्दा माथिकाको हकमा विद्यालय स्तरको शिक्षा प्राप्त गरेको,अमेरिकामा १६ वर्षको उमेर भन्दा कम उमेरमा आएका,जुन १५ २०१२ भन्दा अगाडि आएका,र सोही मितिमा ३१ .वर्ष भन्दा कम उमेर भएकालाई प्राथमिकता दिईनेछ । उनीहरुले आपराधिक क्रियाकलापमा संलग्न भए नभएको जाँच गरिनेछ । यसै गरी १८ वर्ष भन्दा माथिको हकमा तीन मध्ये एक मापदण्ड तय गरिनेछ, जस्मा सैन्य सेवा गरेको, माध्यमिक भन्दा उपल्लो तहको शिक्षा लिएको र पूर्ण कालीन काम गरेको हुनुपर्नेछ । 
यसै गरी परिवारको आधारमा पाईने सुविधालाई परिमार्जन गर्दे परिवारको परिभाषामा श्रीमान श्रीमति वा अविवाहित १८ वर्ष मुनिका लाई मात्र मान्यता दिईने ,अहिले सम्म २१ वर्षको उमेर हद थियो । 
अमेरिकी नागरिकका पिता मातालाई गैर आप्रवासी भिषा दिने जुन नविकरण गर्न योग्य र काम गर्न नदिने प्रकृतिको हुनेछ । यसरी दिने भिषा वार्षिक रुपमा १ लाख ५० हजार हुनेछ । यस अगाडि अमेरिकी नागरिकले सिधै आफना अभिभावकको लागि आप्रवासी भिषा मार्पत स्थायी वसोवासको सुविधा पाउने थिए । 
घरका परिवारका नातागोता सम्वन्धि प्रक्रियालाई अहिलेलाई कार्यान्वयनमा नल्याउने । 
यसैगरी वोर्डर सुरक्षा कोष मार्फत २५ अर्व डलरको रकम मार्फत आगामी १० वर्ष भित्र पर्खाल निर्माण सम्पन्न गरी उच्च पूर्वाधार,प्रविधि र प्रवेश विन्दूमा महत्वपूर्ण सुधार गरिने उल्लेख गरिएको छ । यस अगाडिको समातेर रिहा गर्ने प्रक्रियालाई अन्त्य गरिनेछ । कोही भीषाको म्याद नाघेर वसेको छ भने ३० दिन भित्र छाडन आदेश दिने जस्ता योजना अगाडि सारिएको छ । 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter