कांग्रेस नेता शेर्पालाई ३० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

कांग्रेस नेता शेर्पालाई ३० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटार्नी शरणार्थी प्रकरणमा पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गरेको हो ।

यस्तै उच्चले थुनामा पठाएका गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको छ ।

तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।