पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला

पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला



काठमाडौँ । पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई बिहीबार रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।

रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।

अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।