टोपबहादुरसहित ७ जनालाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

टोपबहादुरसहित ७ जनालाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार



काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद रायमाझीसहित ७ जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको हाे ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो ।

थुनामै रहनेहरुमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा रहेका छन् ।