एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ


ग्लोब नेपाल
243
Shares

झापा । मंगलबार दिउँसो गृह जिल्ला झापा आइपुगेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा झापामा छन् । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन् । अध्यक्ष ओलीलाई ज्वरो आएपछि दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए ।