एक डीआईजीसहित ६ जना एसएसपीहरूको सरुवा

एक डीआईजीसहित ६ जना एसएसपीहरूको सरुवा



काठमाडौं । गृह मन्त्रालयले एक डीआईजीसहित ६ जना एसएसपीहरूको सरुवा गरेकाे छ ।

मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको छ । त्यस्तै काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखमा एसएसपी वसन्त रजौरेको सरुवा भएको छ । हालका प्रमुख भुपेन्द्र खत्रीको सरुवा अपराध अनुसन्धान विभागमा भएको छ ।

त्यस्तै उपत्यका अपराध महाशाखाको प्रमुखमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । उनी यसअघि राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा थिए ।

यसअघि अपराध महाशाखाको प्रमुख रहेका सोमेन्द्रसिंह राठौरलाई सानुराम भट्टराईको ठाउँमा सुरक्षा परिषदमा सरुवा गरिएको छ । त्यस्तै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा गरेको छ भने कोशीमा रहेका राजन अधिकारीलाई तालिम निर्देशनालय प्रधान कार्यालयमा सारिएको छ ।