ओली भेट्न अभिनेत्री श्वेता खड्का बालकोटमा

ओली भेट्न अभिनेत्री श्वेता खड्का बालकोटमा



काठमाडौं । अभिनेत्री श्वेता खड्काले श्रीमान् र छोरीसहित पूर्व–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

उनले केपी ओलीलाई बालकोटस्थित उनकै निवासमा भेट गरेकी हुन् । अभिनेत्री खड्काले भेटकाे तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

तस्बिरमा उनका श्रीमान् विजेन्द्र सिंह रावत र उनीहरूको छोरी पनि देख्न सकिन्छ । श्वेता केही वर्षयता फिल्म क्षेत्रबाट टाढा छिन् ।