तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

19 दिन अगाडी

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस तनहुँले १०७ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहना राख्नेको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि स्थानीय तह र क्षेत्रीय कार्य समितिको नाम संकलनका आधारमा जिल्ला कार्यसमितिले निर्णय गरी १०७ जनाको नाम सिफारिस गरि केन्द्रमा पठाइएको काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले बताउनुभयो । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ तनहुँ क्षेत्र नं १ बाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र सांसद रामचन्द्र पोख्रेल लगायतको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो । त्यस्तै निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सांसद एवं नेपाली काँग्रेस संसदीय दलका सचिव धु्रव वाग्ले, केन्द्रीय सदस्य प्रदीप पौडेल, तरुण दलका पूर्वमहामन्त्री पुष्पराज पराजुली, काँग्रेस तनहुँका उपसभापति जीतप्रकाश आले लगायतको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ । 




Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter