टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम



काठमाडौँ । वेस्ट इन्डिज ए टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी-२० सिरिजको  तयारीका लागि वेस्ट इन्डिज ए ले टियु मैदानमा अभ्यास गरेको छ ।

यस सिरिजका लागि वेस्ट इन्डिज ए को टिम बुधबार काठमाडौँ आइपुगेको हो ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।  

वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।